‘म यस्तो गीत गाउँछु’ लिएर थाइल्यान्डमा पल

नेपालमा नाफाको व्यापार गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ ओभरसिजमा पनि प्रदर्शन भैरहेको छ । फिल्मको प्रदर्शनका लागि यसका नायक पल शाह र कलाकार शोभित बस्नेत थाइल्याण्ड पुगेका छन् । थाइल्याण्डमा शनिबार बेलुकी आयोजित शोमा दर्शकको चाप उच्च देखिएको छ । थाइल्याण्डबाट पलले भने–‘दर्शकले टिकट नपाएर फर्किर्नु पर्यो । दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ ।’

थाइल्याण्डमा अझै केही शोहरु हुनेछ । पल सम्पूर्ण शो सकेर मात्र नेपाल फर्कनेछन् । जापान, अष्ट्रेलिया, हङकङका विभिन्न शहरमा चलचित्र प्रदर्शन भैसकेको छ भने केही देशमा प्रदर्शन हुन बाँकी छ । पल शाह, पूजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारले अभिनय गरेको लभस्टोरी चलचित्रमा सुदर्शन थापा र पूजा शर्माको लगानी छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको छायांकनले पनि निकै तारिफ पाएको छ । असार ३० गतेबाट नेपालका विभिन्न हलमा रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु ले आक्रमक ओपनिङ ग¥यो । फिल्म केही हलहरुमा तेश्रो सातामा प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha