दीपवीर विवाहका ६ आकर्षक तस्बिर

बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंहको विवाह भएको भोली पल्ट मात्र फोटो सार्वजनिक गरिएको थियो । विवाहमा उपस्थित पाहुनालाई फोटो खिच्न समेत निषेध गरिएको थियो ।

दीपिका र रणवीरले सामाजिक सञ्जाल मार्फत आफ्नो विवाहको तस्बिर आफैले सार्वजनिक गरेका थिए । फोटो सार्वजनिक भएको केहिबेर मै फोटो निकै भाइरल भएको थियो । विवाह भएको १ साता पुग्न लागेपछि दीपविरले १३ नोबेम्बरमा भएको संगीत र मेहेन्दी, १४ नोबेम्बरमा कोंकणी रिवाज अनुसार भएको विवाह र १५ नोबेम्बरमा सिन्धी रिवाज अनुसार भएको विवाहको फोटो सार्वजनिक गरेका छन् । दीपिका कोंकणी परिवारकी र रणवीर पञ्जावी परिवारका हुन ।

इटलीस्थित लेक कोमोको भिलामा विवाह सम्पन्न गरेर दीपिका रणवीर अहिले मुम्बइमा आएका छन् । दीपिका र रणवीरको २१ नोबेम्बरका बेंगलुरु र २८ नोबेम्बरमा मुम्बईमा रिसेप्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha