राष्ट्रपतिलाई दीपक, केदार र जितुको झटारो !

राष्ट्रपति विद्यादेवी भण्डारीको लागि १८ करोडको गाडी माग भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना र व्यंग्य भैरहेको छ । उनको १८ करोडको गाडीको माग भएपछि कलाकारहरु पनि चुप लागेर बस्न सकेनन । हाँस्यव्यांग्य कलाकारले सामाजिक सञ्जालमा कडा व्यांग्य प्रहार गरिरहेका छन् ।

दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले फेसबुकमा राष्ट्रपतिलाई माग गरिएको १८ करोडको गाडीको दह्रै व्यांग्य हानेका छन् । निर्देशक दिपाश्री निरौलाको गाडी अगाडि उझिएको फोटो हाल्दै दिपकराज लेख्छन्, ‘केहि महिलाहरू साह्रै जिद्दी हुँदैछन् आजकल । उहाँलाई पनि यो गाडि नभै भएन रे !’

त्यसैगरी केदार घिमिरेले ‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौंडी किन किन्ने ? ३ बिलासी गाडी’ भनेर आफ्नो फेसबुकमा लेखेका छन् ।

जितु नेपालले पनि फेसबुक मार्फत नै राष्ट्रपति र सरकारलाई समेत झटारो हानेका छन् । उनले लेखका छन्, ‘१८ करोडमा दुई चार करोड थपे त हेलिकप्टर नै आउथ्यो नि । सडक जाम पनि नहुने, यत्ति कुरा पनि मैले सम्झाउन पर्ने ! कठै कति सिधा सरकार !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha