‘गोपी’ को भजनमा नाचे बिपिन र बर्षा (भिडियो)

फिल्म ’गोपी’ मा समावेश ’लक्ष्मी कहिले काली’ बोलको भजन गीत बुधबार सार्वजनिक भएको छ । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर संगीत सृजना गरेका हुन् । भिडियो हेर्नुस् :

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । कोरियोग्राफी वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले गरेका छन् । सार्वजनिक गीतमा ध्रुव विश्को र अञ्जली रेग्मीले स्वर दिएका छन् । बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन् ।

फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक दिपेन्द्र लामा बताउँछन् । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीले निर्माण गरेको गोपी फिल्म माघ १८ गते बाट प्रदर्शनमा आउँदैछ ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha