ट्रेडिङ्गमा ‘डायरी’, हल नजाने दर्शक युटुवमा नछोड्ने

अपवाद बाहेक नेपाली फिल्ममा दर्शक घटिरहेको चिन्ता फिल्मकर्मीले गरिरहेका छन् । फिल्मप्रति दर्शक घटेको चिन्ता भैरहंदा युट्युवमा भने नेपाली फिल्मप्रति दर्शकको चासो बढिरहेको छ ।


नेपाली फिल्मप्रति दर्शकको चासो बढिरहेको छ भन्ने उदाहरण हो, भर्खरै युट्युवमा अपलोड भएको फिल्म ‘डायरी’ । हलमा असफल भएको यो फिल्म युट्युवमा ब्ल्कबस्टर रुपमा अगाडी बढी रहेको छ । हाल यो फिल्म युटुव ट्रेडिङ्गको पहिलो नम्वरमा छ । अपलोड भएको पाँच दिनमै डायरी लाई १२ लाख भन्दा बढीले हेरेका छन् ।

अनिल योञ्जनको निर्देशन रहेको फिल्ममा रेखा थापा भिलेनको रुपमा देखिएकी छिन् भने छुल्ठिम गुरुङ र सन्नी सिंह प्रेम जोडी प्रस्तुत भएका छन् । ‘डायरी’ फिल्म हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha