खुसी हुन प्रियंका र आयुष्मानसँग सिक्ने कि !

प्रियंका कार्की र आयुष्मान जोशी सबैको नजरमा पर्ने प्रेम जोडी हुन् । आयंका कप्पल आफ्नो प्रेम सम्बन्ध बारे कुनै पनि कुरा खुपचुप राख्दैनन् । छिट्टै बिवाह गर्न लागेका प्रियंका र आयुष्मानको जोडीलाई धेरैले आइडलको रुपमा पनि हेर्छन् ।

आइडल कप्पल ले हालै इन्स्टाग्राममा एउटा फोटो पोष्ट गरेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेको फोटो हेर्न लायक त छ नै । उक्त फोटोमा प्रियंकाले लेखेका क्याप्सन पनि पढ्न लायकको छ । ‘सबै कुरामा सन्तुलन हुनु भनेको खुसी हुनु हो’, प्रियंकाले उक्त फोटोमा यस प्रकारको क्याप्सन लेखेकी छन् । फोटो र क्याप्सनको तारतम्य कत्तिको मिल्यो ? तपाईं आफैं मूल्यांकन गर्नुस् । प्रियंका र आयुष्मानसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रियंका र आयुष्मानले दुई फिल्म ‘कथा काठमाण्डू’ र ‘चंगा चेट’मा अभिनय गरेका छन् भने यतिबेला ‘प्रेम दिवस’को छायाँकनमा व्यस्त छन् । व्यस्त समयमा पनि उनीहरु मस्ती गर्न भुल्दैनन् भन्ने उदाहरण हालैको यस फोटोले देखाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha