१२ वर्षपछि ‘ए मान्छे’ लिएर आए सचिन (भिडियो)

गायक सचिन रौनियारले ’ए मान्छे’ बोलको गीतका साथ कमब्याक गरेका छन् । करिब १२ वर्ष पछि सचिन साँगीतिक क्षेत्रमा फर्किएका हुन् । डिजिटल युगको पहिलो गीत बताउँने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । भिडियो हेर्नुस् :

मनोरंजनसँगै अनेकतामा एकताको संदेश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । गीतमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधर लगायत पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषा भाषीको एकतालाई प्रस्ट्याईएको छ ।

‘मनमगन’ पछि निर्देशक आचार्यले यस प्रकारको भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha