रेकर्ड भयो ‘प्रसाद’ मा बिक्रम बरालको स्वर

नेपाल आइडल २ को उत्कृष्ठ ७ मा पर्न सफल बिक्रम बरालले फिल्म ‘प्रसाद’ का लागि गीत रेकर्ड गराएका छन् । बिहिबार काठमाडौंको नक्सालमा अवस्थित एक स्टुडियोमा फिल्मको तेस्रो गीतमा बरालको स्वर रेकर्ड गरिएको हो ।

बिक्रमले स्वर दिएको गीतमा ‘प्रसाद’ को चर्चित गीत ‘लै लै…’ का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार बिक्रमले गाएको यो गीत फिल्ममा प्लेब्याक म्युजिकको रुपमा प्रयोग गरिनेछ । ‘योे गीत पहिले नै कम्पोज गरेका थियौं । तर प्लेब्याकमा गीत प्रयोग हुने भएकोले रेकर्ड गर्न चाहिं बाँकी राखेका थियौं’, निर्देशक रावत भन्छन्, ‘यो गीतलाई दर्शकले फिल्म हलमा मात्रै हेर्न पाउनु हुनेछ । युटुवमा फिल्म रिलिज पश्चात मात्रै आउँछ ।’

यता ‘प्रसाद’ का निर्माता सुवास थापाले बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतको मुख्य भूमिका छ । सञ्चारकर्मी सुशील पौडेलले फिल्मको कथा, पटकथा तथा संवाद लेखेका हुन् । प्रसाद यही मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्माण टिम प्रचार प्रसारमा व्यस्त छ । नम्रता र निश्चलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha