‘समर लभ’को टिजरमा न्युड रेवती

प्रेम दिवसको छेको पारेर माघ २५ गते रिलिज हुने फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको ‘समर लभ’ को टिजर यस प्रकारको छ :

समर लभ टिजरमा प्रेमवाला संवाद प्रशस्त मात्रामा छन् । सँगै नव नायिका रेवती क्षेत्रीले वाथटपमा न्युन सिन समेत दिएकी छन् । सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । फिल्ममा रेवती क्षेत्री ‘साया’ र आशिष पिया ‘अतित’ बनेका छन् । रेवती र आशिषसँगै फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पुष्पन प्रधानको शब्द, संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । समर लभ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । सह निर्मातामा स्वपन सरकार र मनोज बिक छन् । सह निर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha