पलको अंगालोमा बाँधिइन् वर्षा, ‘बिर बिक्रम २’ गीत सुट

फिल्म ‘विर विक्रम २’ टिम मनाङ र मुस्ताङ पुगेको छ । हाल त्यहाँ गीतको छायाँकन भैरहेको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । गीतमा फिल्मका मुख्य पात्रहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन प्रस्तुत छन् ।

छायाँकन भएको एउटा गीतमा मात्रै करिब २३ लाख बराबरको बजेटमा लाग्ने निर्माता तथा निर्देशक चाम्सको दाबी छ । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको ‘बीर बिक्रम २’ मा अर्पण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

‘बिर बिक्रम २’ मा पल, वर्षा, र नाजिरसँगै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज भण्डारी लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुले संगीत सृजना गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको छ । हिमाल केसीको द्धन्द्व रहेको फिल्मलाई बनिष शाहले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha