‘ड्रिम गर्ल’ टिमको मोफसल यात्रा, क्युएफएक्समा किन लागेन ?

फिल्म ‘ड्रिम गर्ल’ युनिट मोफसल प्रचारमा निस्किएको छ । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएतापनि युनिट भने आइतबारबाट राजधानी भन्दा बाहिरको प्रचार प्रसारमा निस्किएको हो ।

मोफसल प्रचारमा निर्देशक ऋषिराज आचार्य, नायिकाद्वाय आश्मा गिरी, पूजा पराजुली, कलाकार शिशिर भण्डारी र मिडिया संयोजक लक्ष्मण सुवेदी छन् । नायक आकाश श्रेष्ठ भने यो टिममा सहभागी छैनन् । पोखरा लगायत मोफसलका मुख्य मुख्य शहरमा ड्रिम गर्ल टिम पुग्ने मिडिया संयोजक सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनरत फिल्म ड्रिम गर्ल लाई मन पराइरहेका छन् ।

यता ‘ड्रिम गर्ल’ फिल्म क्युएफएक्सका हलमा लागि रहेको छैन । वितरण कम्पनी डिसिएनसँगको विवादका कारण उक्त हलहरुमा नलागेको बताइन्छ । आकाश र आश्मासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha