‘देश खोज्दै जाँदा’ ले पनि रोज्यो प्रदर्शन मिति

शरणार्थी हुनुको पिडालाई पर्दामा उतारिएको फिल्म ‘देश खोज्दै जाँदा’ को नयाँ प्रोमो सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरिएको छ । सोमबार प्रेसमिट गर्दै भदौ ८ गतेदेखि फिल्म प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको हो । प्रकाश आङदेमवेको लेखन तथा निर्देशन रहेको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । प्रोमो हेर्नुस् :

सोमबार आयोजित प्रेसमिटमा फिल्मका मुख्य पात्र बोगटीले ‘देश खोज्दै जाँदा’ बाट आफ्नो अभिनय कला दर्शकले देख्न पाउने बताए । यस्तै पटकथाकार उपेन्द्र सुब्बाले झापाको शरणार्थी क्याम्पमा देखेका र भोगेका कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताए । ‘देश खोज्दै जाँदा’को केही विदेशी मुलुकमा शो भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha