‘रणवीर’को फस्ट लुक्समा सुशिल सिटौको एंग्री मुड

फिल्म ‘रणवीर’ फस्ट लुक्स रिलिज भएको छ । पोस्टरमा नायक सुशिल सिटौला मात्रै प्रस्तुत छन् । फिल्म आगामी १८ माघबाट प्रदर्शनमा आउँदैछ ।

‘रणवीर’का लागि शुशिलले १५ किलो वजन बढाएका थिए । ७० केजीका उनी फिल्मका लागि ८५ केजी पुगेका थिए । झण्डै नौ महिना नियमित जिम गरेर आफुले तौल बढाएको शुशिलको भनाई छ । फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सको रुपमा शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक गोविन्द सिंह भण्डारी हुन् । फिल्म एक्सन प्रधान कथा बस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

फिल्ममा शुशिल सिटौलासँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha