‘भैयाजी सुपर हिट’ बक्स अफिसमा फ्लप !

गत शुक्रबार देखि रिलिजमा आएको बलिउड फिल्म ‘भैयाजी सुपर हिट’ले बक्स अफिसमा सामान्य व्यापार गरेको छ । मल्टिप्लेक्समा अहिले पनि ‘बधाई हो’लाई प्राथमिकता दिइएको छ ।

‘बधाई हो’ फिल्मको दब्दबामा यो फिल्मले मल्टिप्लेक्समा उत्साहजन हल पाउन सकेन । यो फिल्मले सिंगल थिएटरमा राम्रो व्यापार गर्ने फिल्मकर्मीहरुको आशा थियो । तर फिल्मले न त सिंगल थिएटरमा राम्रो गर्यो न त मल्टिप्लेक्समा राम्रो । यो फिल्मको कमाई हेर्दा सन्नी देओलको ढाई किलो हातको पावर सकिएको देखिन्छ । एक्शन कमेडि फिल्ममा सन्नी फिल्म स्टार बन्न चाहाने डनको भुमिकामा देखिएका छन् । प्रीति जिन्टा उनको पत्नीको भुमिकामा देखिएकी छिन् ।

यो फिल्मले पहिलो दिनमा १.२० जम्मा गरेको छ भने दोस्रो दिन १.१० र तेस्रो दिन दुई करोड कमाएको छ । यो फिल्मले आइतबार सम्म जम्मा ४.३० करोड कमाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha