‘सारासँग प्रेम भएको प्रमाण खै ?’ : अनमोल केसी

युवा स्टार अनमोल केसीले पनि नायिका सारा शिर्पाइलीसँग को प्रेम चर्चा हल्ला मात्रै भएको बताएका छन् । सारासँग एकाएक प्रेमको चर्चा हुंदा आफु अचम्ममा परेको एक अनलाइनसँगको कुराकानीमा अनमोलले बताएका हुन् । उनी हाल फिल्म ए मेरो हजुर ३ छायाँकनको लागि मनागंमा छन् ।

‘कुनै पनि कुराको प्रमाण नभइकन समाचारमा आयो भन्दैमा विश्वास नगर्नुहोला । यदि, सत्य कुरा नै हो भने त प्रमाण पनि हुन्थ्यो होला । सबैकुरा सत्य नै हुन्छ भन्ने मलाई लाग्दैन । तपाईंहरु पनि यसमा विश्वास नगर्नुहोला’, अनमोलले भनेका छन् । साराले आमा (सुस्मिता बम्जन) सँग पिंजडा ब्याक अगेनमा सँगै काम गरेकाले चिनजान भएको उनको भनाई छ ।  इन्स्टाग्राममा साथी भएको खुलाउँदै अनमोलले सारासँग भेट समेत नभएको दाबी गरेका छन् । तर साराले अनमोलसँग एक दुई पटक भेट भएको बताएकी छन् ।

जे होस्, अनमोल र साराले दुई बिच प्रेम नभएको बताएपनि मिडियामा भने उनीहरुको प्रेमको चर्चा केही दिनयता चलिरहेका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha