शाहरुख खानको ‘जिरो’ मा स्व.श्रीदेवी पनि !

बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’ २१ डिसेम्बर रिलिज हुँदैछ । होचो कद भएका भुमिका निभाएका शाहरुखको फिल्मको निकै चर्चा छ ।

फिल्म प्रदर्शनत मिति नजिकिदै गर्दा अर्काे कुराले चर्चा पाइरहेको छ । शाहरुको जिरो मा असामाहिक निधन भएकी स्वर्गिय श्रीदेवी पनि देखिने चर्चा छ । किंग खानसँग एक स्पेशल गीतमा श्रीदेवी देखिने भारतिय मिडियामा उल्लखे छ । यो गीतलाई शाहरुख सिक्रेट राख्न चाहन्छन् । यो गोपपिनयता दर्शकको लागि सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गर्ने शाहरुखको सोच रहेको छ । यो गीत हेर्नको लागि दर्शक हलमै पुग्नु पर्नेछ । श्रीदेवीको निधन अगाडी नै जिरो उक्त गीत छायाँकन गरिएको थियो ।

फिल्म जिरो मा अनुष्का शर्मा, कैट्रिना कैफको मुख्य भुमिका छ । श्रीदेवी भएको जिरोको गीतमा आलिया भट्ट र करिश्मा कपूर पनि देखिने छन् । २०१७ मा करिश्माले सामाजिक सञ्जालमा फोटा सेयर गरेकी थिइन । आनन्द एल रायको यो फिल्ममा श्रीदेवी सहित सलमान खान, काजोल, माधुरी दीक्षित अन्य ठुला कलाकारहरु पनि कैमियो रोलमा देखिने छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha