‘छक्का पञ्जा ३’ को १३ वटा हलमा ५१ दिन

फिल्म ‘छक्का पञ्जा ३’ ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ । राजधानी र मोफसलका १३ वटा हलहरुमा दिपाश्री निरौला निर्देशित यो फिल्मले प्रदर्शनको ५१ दिन पार गरेको हो ।

मल्टीस्टारर फिल्म ‘छक्का पञ्जा ३’ ले उपत्यकाका मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । दीपक र दीपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘छक्का पञ्जा’ को तेश्रो श्रृंखलाले प्रदर्शनको ५१ दिन पुरा गर्दा टिममा खुसीयाली छाएको छ । फिल्मका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई धन्यवाद दिदैं निर्देशक निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्माता एवं कलाकार केदार घिमिरे, जितु नेपाल, नायिका दीपिका प्रसाईं लगायतले आफ्नो फेसबुकमा ५१ दिनको खुसी बाँडेका छन् । कार्यक्रम भने आउँदो आइतबार हुने निर्देशक तथा निर्माता दीपाश्री निरौलाले बताइन् । दीपिका र केदारसँग गरिएको रमाइलो कुराकानी गर्नुस् :

दिपाश्रीले नै निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ले एक सय दिन र यसको दोश्रो श्रृंखलाले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । व्यापार ‘छक्का पञ्जा ३’ अगाडी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha