मेहेन्दीमा मस्ती गर्दै प्रियंका-निक (तस्बिरहरु)

प्रियंका चोपडा र निक जोनसको मेहेन्दीको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । यतिबेलो यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मेहेन्दीमा प्रियंकाले न्यूयोर्कका डिजाइनर रोल्फ लोरेनले डिजाइन गरेको गाउन लगाएकी छिन् ।

प्रियंका र निकले क्रिश्चियन रीतिरिवाज अनुसार शनिबार उम्मेद भवन प्यालेसमा बैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार उनीहरु हिन्दु रितिरिवाज अनुसार विवाह गर्दैछन् । आइतबारको विवाहपछि उनीहरूले दुईवटा भव्य पार्टी दिदैछन् जसमध्ये एक पार्टी नयाँ दिल्लीमा हुनेछ भने दोश्रो मुम्बईमा हुनेछ ।

क्रिश्चियन रिवाज अनुसार प्रियंकाको ससुरा पोल केविनले विवाह गराए हुन् । उनी पहिला चर्चको पास्टर थिए । विवाह बन्धनमा बाधिनु भन्दा पहिला निक र प्रियंकाले एक म्यागेजिनको लागि फोटोसुट गरेका थिए । दीपिका र रणवीरको जस्तै उनीहरुको विवाहमा पनि पाहुनालाई मोबाइल लैजान बन्देज गरिएको थियो ।

प्रियंका र निकले विवाहको फोटो राइट्स २५ करोडमा बेचेका छन् । त्यसैले फोटो बाहिर आउने डरले परिवार बाहेक कसैलाई पनि मोबाइल लैजान अनुमति दिइएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha