‘डोली’ को दोश्रो गीत ‘दुरी टाढा भएर’ सार्वजनिक

सामाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ मा समाबेश दुरी टाढा भएर पो बोलको गीत शनिबार सार्वजनीक गरिएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको ‘डोली’ २८ मंसिरमा प्रदर्शन हुदैछ । भिडियो हेर्नुस् :

सार्वजनीक दुरी टाढा स्याड सङ हो । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ । गीतमा फिल्ममा सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको प्रस्तुति ‘डोली’ मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम,सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्म जयराम थापाले खिचेका हुन् । फिल्मका गीत श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्ने डोलीले दर्शकलाई भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देशसमेत दिने बिश्वास निर्माता किरणको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha