रेनशाले हिरोइन पाइन्, धिरजसँग जसिताको जोडी !

‘इन्टु मिन्टु लण्डन’मा पछि रेनशा वान्तवा राई दोश्रो फिल्म ‘आइएम ट्वान्टी वन’ निर्देशन गर्दैछिन् । आइकोर फिल्मसले बनाउने फिल्ममा नायक धिरज मगर मात्रै फाइनल भएका छन् । रेनशा हिरोइनको खोजीमा छिन् ।

तर रेनशाले हिरोइन पाइसकेको संकेत देखिएको छ । ‘आइएम ट्वान्टी वन’मा नायिका जसिता गुरुङ्गसँग मिटिङ भैरहेको बुझ्नमा आएको छ । केही दिन अगाडी मात्रै रेनशा र जसिताले समुहमा इन्स्टा स्टोरी सेयर गरेका थिए । यसबाट पनि ‘आइएम ट्वान्टी वन’का लागि जसिता रोजाइमा पर्न सक्ने अनुमान लगाउन सकिन्छ । धिरज, शारुक र रेनशासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘लिलिबिली’ रिलिज पछि जसिता प्रदीप खड्कासँग ‘लभ स्टेशन’ खेल्दैछिन् । पहिलो फिल्मबाट जसिता धेरै निर्माता तथा निर्देशकको नजरमा परेकी हुन् । यतिबेला रेनशा धिरजसँग जसिताको जोडी बनाउन लागि परेकी छन् । के धिरज र जसिताको जोडी ‘आइएम ट्वान्टी वन’मा पक्का होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha