गीत बाँकी राखेर ‘गीत गजल’को छायांकन सकियो

फिल्म ‘गीत गजल’ को छायांकन सकिएको छ । ३५ दिनमा फिल्मको एउटा गीत बाहेक सबै छायांकन सकिएको हो । छायांकन सकिएको जानकारी गराउँदै फिल्मको फोटो सार्वजनिक गरिएको छ ।

एउटा गीत बाँकी राखेर सम्पुर्ण फिल्मको छायांकन सकिएको फिल्म युनिटले जानकारी गराएको छ । फिल्मका निर्माता आरोहण क्षेत्रीले भने, ‘फिल्म निर्माणमा केहि कमि गरेको छैन ।’ उनले फिल्म उत्कुष्ट बनेको दाबी गरेका छन् । नितीन चन्दले निर्देशन गरेको फिल्ममा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आरोहण प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको फिल्ममा संगीत अर्जुन पोखरेल रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha