८ बर्षमा ब्याक हुंदा यस्तो देखिए रेखा र आर्यन ‘रुद्रप्रिया’ गीत रिलिज

कात्तिक २ गते, लक्ष्मीपुजामा रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । औंठी चिनो देऊ बोलको गीतको भिडियोमा रेखा थापा र आर्यन सिग्देल फिचरिङ छन् । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा मेलिना राईको फिमेल भोकल छ । प्रविण सिंहको कोरियोग्राफी रहेको भिडियो यस्तो छ :

फास्ट ट्रयाकको गीतको भिडियोमा रेखा र आर्यनसँगै अर्का कलाकार राजन इशान पनि फिचरिङ छन् । राजन फिल्मका मुख्य कलाकार पनि हुन् । झण्डै ८ वर्षपछि भिडियो कस्तो बनेको छ त ? भिडियो आकर्षक बनेको छ भने रेखा र आर्यनका जोडी जमेको छ । रेखा र आर्यनले नृत्यमा मिहेनत गरेका छन् । सुदिप बबी भूपाल सिहंको निर्देशन रहेको फिल्म रुद्रप्रिया सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । छायाँकन संजय लामाको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha