देशैभर ‘प्रसाद’ प्रदर्शन, सुखद सुरुवात

यो शुक्रबारदेखि प्रतिक्षित फिल्म ‘प्रसाद’ प्रदर्शनमा आएको छ । बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको यो फिल्म राजधानी र मोफसलका एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको हो ।

‘प्रसाद’ले देशका मुख्य शहरमा रहेका मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । मल्टिप्लेक्समा दर्शकले आफ्नो टिकट पनि सुरक्षित गरिरहेका छन् । राजधानीका गोपिकृष्ण लगायत अन्य केही हलहरु हाउसफूल भएको जानकारी छ । यसर्थ प्रसादको सुरुवात सुखद रहने अनुमान छ ।दिनेश राउतको निर्देशन र सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’ निःसन्तान दम्पत्तीको कथा हो । बुधबार सम्पन्न प्रिमियर शोमा ‘प्रसाद’ले प्रशंसा पाएको थियो । ‘प्रसाद’ टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘प्रसाद’ को कथावस्तु र कलाकारको प्रस्तुतीलाई प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् । ‘प्रसाद’ प्रिमियरमा नायिका नम्रता श्रेष्ठ र उनका प्रेमी दावा स्टेभेन शेर्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्म ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिचेका हुन् भने संगीत सुवास भूषालले दिएका छन् । गीतमा कोेरियोग्राफी शिव विकको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha