बिन्दास आयंका, कति सम्म खुल्ने ?

नायिका प्रियंका कार्की प्रेमी आयुष्मान देशराज जोशीसँग चाँडी बिबाह गर्दैछिन् । आयंका कपलले यसै साल औंठी साटेका हुन् । इन्गेजमेन्ट पछि प्रियंका र आयुष्मान झन खुल्न थालेका छन् ।

आलोचना नै किन नहोस् प्रियंका र आयुष्मान सामाजिक सञ्जालमा इन्टिमेट फोटो राख्न डराउँदैनन् । विशेष गरी प्रियंका र आयुष्मानले एक अर्कालाई गर्ने प्रेमयुत्त तस्बिरहरु सार्वजनिक हुँदा विभिन्न खाले टिकाटिप्पणी हुने गर्दछ । जे भएपनि उनी आफ्ना रमाइला र अविष्मरणीय पलले सबै सामु सेयर गर्दछन् ।

हालै प्रियंकाले आफनो इन्स्टाग्राममा आयंका जोडिको फोटो पोस्ट गरेकी छन् । जोडोको समयमा उनीहरु भने निकै हट अवतारमा देखिएका छन् । उनले फोटो सहित स्टाटस पनि लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘जाना सुनौलो जीवनमा न्यानो छ ।’

‘कथा काठमाण्डु’ र ‘चङ्गा चेट’ फिल्ममा सँगै अभिनय गरेका यो जोडि अहिले ‘प्रेम दिवस’ को छायांकनमा व्यस्त छन् । फिल्ममा व्यस्त भएपनि उनीहरु आफनै दुनियाँमा मस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha