‘कृशल र सेड्रिनालाई फिल्म खेलाउनु पर्यो’

नेपाल आइडल सिजन २ को उत्कृष्ट ८ सम्म पुग्न सफल कृशल कंडेल र फिल्म ‘नाई न भन्नु ल ५’ बाट प्रशंसा कमाएकी सेड्रिना शर्माले सँगै फिल्म खेले के होला ? त्यो फिल्म खेलेपछि थाहा होला । तर कृशल र सेड्रिनाका फ्याले उनीहरुलाई दुबैलाई एकै फिल्ममा हेर्न चाहेका छन् । यो रमाइलो कुराकानी हेर्नुस् :

रमाइलो छ ले लिएको अन्र्तवार्तामा कृशल र सेड्रिनाका फ्यानले दुबैलाई सँगै फिल्म खेल्न आग्रह गरेका छन् । अन्तर्वार्तामा एक साथ देखिएपछि यो जोडिलाई फिल्ममा हेर्नको लागि उत्सुक रहेको धेरैको कमेन्ट छ । कृशल र सेड्रिनाले पनि सँगै फिल्म खेल्न कुनै आपत्ती नभएको जनाउँदै भविष्यमा सँगै फिल्म खेल्न सक्ने ढोका खुला राखेका छन् । ‘यो जोडीलाई जसरी भएपनि फिल्म ल्याउनु पर्यो’, सेड्रिना र कृशलको भिडियोको मुनि एक जना कमेन्टकर्ताले लेखका छन् ।

नेपाल आइडल सिजन २ को उत्कृष्ट ८ बाट बाहिरिएपछि कृशल पढाइ र आफ्नो गीतको तयारीमा जुटिरहेका छन् । सेड्रिना पढाइसँगै म्युजिक भिडियो खेलिरहेकी छन् । के कृशल र सेड्रिनाले सँगै फिल्म खेल्लान् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha