प्रचार शैली : भाइबर स्टिकरमा ‘न यता न उता’

फिल्म ‘न यता न उता’को भाइबरले स्टिकर प्याक प्रस्तुत गरेको छ । नेपाली फिल्मको प्रचारमा ‘न यता न उता’ ले यस्तो उपाय पहिलो पटक गरेको हो । फिल्म माघ २४ गते रिलिज हुँदैछ ।

भाइबरले नेपालमा पहिलो पटक नेपाली फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक शुरुवात २०७५ मंसिर २० गतेका दिन सिनेमा ‘न यता न उता’को निर्माण टिमले स्टिकर प्याक उपलब्ध गराएपछि गरिएको छ । ‘न यता न उता’को भाइबरको स्टिकर अब बजारमा सजिलै पाउन सकिने निर्माण टिमले जनाएको छ । गीत हेर्नुस :

यसका साथै दर्शकले ‘न यता न उता’को भाइबर स्टिकर प्याक आफ्नो मोवाइलमा डाउनलोड गरेर फिल्ममा कलाकारहरुसँग सिधै च्याटमा कुरा गर्न सक्ने छन् । भने दर्शक कलाकारहरुसँग सिनेमाको प्रमोशनमा जाने र उहाँहरुका साथ डिनर खाने तथा फिलमको फ्रि टिकटहरु पाउने ब्यावस्था समेत निर्माण टिमले गरेको छ ।

हाँस्य प्रधान फिल्म न यता न उता मा ऋचा शर्मा ,समिर दिक्षित, छुल्ठिम गुरुङ्ग, मिराज रोश, राजाराम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लामा, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा लगायतका कलाकराके मुख्य भुमिका रहेको छ । फिल्मलाई मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha