वृद्धवृद्धालाई न्यानो बाँढ्दै ‘जय भोले’ले ५१ दिन मनायो

फिल्म ‘जय भोले’ले राजधानीका चार वटा हलहरुमा प्रदर्शनको ५१ दिन पुरा गरेको छ । यसको खुसीयाली निर्माता तथा निर्देशक अशोक शर्माले शुक्रबार सामाजिक सेवा गरेर मनाए ।

‘जय भोले’ ले प्रदर्शनको ५१ दिन पुरा गर्दा साँमाखुसीमा रहेको मानव सेवा आश्रममा पुगेर शर्माले न्यानो कपडा प्रदान गरेका हुन् । आश्रममा रहेका करिब ५० मानसिक सन्तुलन गुमाएका वृद्धवृद्धालाई न्यानो लुगासँगै शर्माले एक छाक खाना पनि खुवाए ।

‘मैंले अहिले मात्रै यस्तो गरेको होइन्’, शर्माले भने, ‘अल्लारेदेखि नै समाज सेवा गर्दै आइरहेको छु ।’ ‘अल्लारे’ फिल्मले ५१ दिन मनाउँदा पशुपतिको वृद्धआश्रममा गएर सहयोग गरेको शर्माले सुनाए । आगामी फिल्मका कार्यक्रम पनि यस्तै समाज सेवा सँग जोडिने उनको भनाई छ ।

कार्यक्रममा अशोक शर्मासँगै कलाकारहरु सौगात मल्ल, खगेन्द्र लामिछाने, जयनन्द लामा, शारदा गिरी र छायाँकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत उपस्थित थिए । नायिका स्वस्तिमा खड्का कार्यक्रममा देखिइनन् । स्वस्तिमा र बुद्धि सँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको ‘जय भोले’ले राजधानीका गुण, गोपि,अष्ट र सिभिलमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो । फिल्मले लगानी उठाएर निर्मातालाई केही लाख नाफा समेत दिएको छ । अर्को दशैंमा ल्याउने गरी शर्माले ‘रातो टिका निधार’मा घोषणा गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha