फिल्म हिट भएपछि संगीतकारलाई पूजाको उपहार

पहिलो पटक लगानी गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ सफल भएपछि नायिका पूजा शर्मा यतिबेला दंग छिन् । पूजा दंग पनि यतिसम्म छिन् कि उनले संगीतकार अर्जुन पोखरेललाई लेटेस्ट आइफोन नै उपहार दिएकी छिन् । पूजाले रक्षा बन्धनको दिनमा संगीतकार पोखरेललाई लेटेस्ट आइफोन उपहार दिएकी हुन् ।

‘फिल्मको सफलतामा अर्जुन दाईको ठुलो हात छ’, पूजाले भनिन्, ‘उहाँको कामको कदर गर्दै धन्यवाद स्वरुप यो सानो उपहार दिएकी हुँ ।’ अर्जुनले संगीत दिएका ‘म यस्तो गीत गाउँछु’ का तीन गीतहरु रुचाइएका छन् भने ‘भन्छु आज’ बोलको गीत हिट छ । पूजाले निर्माण गर्ने नयाँ फिल्ममा पनि संगीतकार पोखरेलले नै संगीत दिनेछन्, यसको कार्य सुरु भैसकेको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ ले नेपालबाट लगानी उठाएर केही प्रतिशत नाफा समेत कमाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha