‘सुश्री सम्पत्ती’ तीन देशमा बिक्री, नेपालमा शुक्रबारदेखि

आउँदो शुक्रबार अर्थात् मङ्सिर २८ मा रिलिज हुने फिल्म ’सुश्री सम्पति’ को जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकारी विक्री भएको छ । फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् ।

नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न शहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ । दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतको अभिनय रहेको छ । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । प्रोमो हेर्नुस :

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha