साईंला र साइँलीको बिहेमा नाचे दया (भिडियो)

फिल्म ‘साइँली’को ‘नाच माया’ बोलको गीत सार्वजनिक भएको छ । हेमन्त रानाको स्वर रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् । हर्क साउदको शब्द, रिकेश गुरुङको संगीत समायोजन रहेको छ । गीतको भिडियो हेर्नुस् :

बिहेको माहोललाई देखाइएको गीतको भिडियोमा दयाहाङ राई, मेनुका प्रधान र गौरव पहारी फिचर्ड छन् । मनिश गन्धर्भ र हेमन्त कान्छाले सारङगी, धन बहादुर गुरुङले सनाइ, प्रविन खपन्गी र भुवन गन्धर्भले मादल, सहायक आवाजमा सुरज बिक र सिदार्थ न्यौपानेले साथ दिएका छन् । गीतमा कोरियोग्राफी विक्रम स्वरको रहेको छ ।
रामबाबु गुरुङ लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिप सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ । ‘साईंली’ चैत्र १५ गते देखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha