‘क्याप्टेन’ सँग सुनिल र प्रशान्तको एङ्ग्री मुड

फिल्म ‘क्याप्टेन’ को दोश्रो दुई पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक दुई पोस्टरमा अनमोल र कलाकारद्वाय सुनिल थापा अनि प्रशान्त ताम्रकार प्रस्तुत छन् ।

एक पोस्टरमा अनमोलको हातमा बल छ भने अर्काे पोस्टरमा अनमोलको छेउमा प्रशान्त ताम्राकार र सुनिल थापा एंग्री मुडमा छन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । क्याप्टेनको यही बिहिबार पहिलो गीत सार्वजनिक हुँदैछ । उक्त गीतमा अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ ।

भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ ।

‘क्याप्टेन’ लाई नवराज उपे्रतीले खिचेका हुन् । सम्पादन दिर्घ खडकाले गर्दैछन् । कोरियोग्राफी कविराज गहतराजको छ । फिल्म फागुन १७ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha