शाहिद कपुरलाई क्यान्सर लागेको झुठो हल्ला

केहि दिन यता सामाजिक सञ्जालमा शाहिद कपूरलाई पेटको क्यानसर भएको खबर भाइरल भइरहेको छ । शाहिदले यो खबर बाहिरिएपछि आपत्ती जनाएका छन् ।

उनले ट्विटरमा एक स्टाटस पोस्ट गरेका छन् । उनले लेखेका छन्– ‘म पुरै ठिक छु । कृपया यस्तो खबरमा विश्वास नगर्नुहोला ।’ शाहिदको परिवारले पनि यस खबर प्रति निकै आक्रोश देखाएको छ । उनीहरुले आक्रोश जनाउँदै भने ‘मान्छे जे पनि कसरी लेख्न सक्छन् । यो खबरको आधार के छ ? यस्तो कुरा फैलाउनलाई कसले अनुमति दिन्छ ?’

शाहिद कपुरको म्यानेजरले आकांक्षाले पनि यो खबर झुटो रहेको बताएकी छिन् । उनले भनिन् ‘जब यो कुरा शाहिदलाई थाहा भयो, उहाँ हाँस्नु भो । शहिद अहिले ‘कबीर सिंह’को शुटिङ गरिरहनु भएको छ ।’ यो फिल्म २०१९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha