पुष्प, साम्राज्ञी र रेविकाको मन छुने प्रेम कथामा ‘मारुनी’

नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारूनी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्म निर्माण कम्पनी पुनम इन्टरटेनमेन्टले मंगलबार निर्देशकदेखि कलाकार लाई र्याम्पमा उतार्दै ‘मारूनी’ निर्माणको घोषणा गरेको हो ।

‘मारुनी’ मा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । पुष्प र साम्राज्ञीसँगै फिल्ममा रेविका गुरूङको पनि मुख्य भूमिका रहेनछ । यसै फिल्मबाट रेविकाले रजतपटमा डेव्यु गर्न लागेकी हुन् । फिल्मको छायाँकन यही माघको दोस्रो साताबाट सुरु हुनेछ । छायाँकन स्थल काठमाडौं र बाँके हुन् ।

कार्यक्रममा निर्देशक नेपालले मारुनी प्रेम कथामा आधारित फिल्म रहेको बताए । फिल्म बारे उनले भने, ‘अगेनोमा बसेर मकै खाँदै माया प्रिती लाए पनि । डाँडाँमा बसेर सुन्तला खाँदै एक अर्कालाइ हेर्दै माया प्रिती लाए पनि । पाँच तारेमा कफी को चुस्की लाउँदै माया प्रिती लाए पनि । दुख्ने त मुटु नै हो । हाँस्ने त मुटु नै हो ।’

यता निर्मात्री गौतमले फिल्म राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताइन् । पुष्प र साम्राज्ञी लगायत फिल्मका अन्य कलाकारले फिल्म बारे केही पनि बोलेनन् । गोविन्द फुँयालको कथा तथा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको फिल्मलाई सञ्जय लामाले खिच्नेछन् ।

फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । बाल कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha