‘चौका दाउ’को कमेडी ट्रेलर रिलिज

कमेडी फिल्म ‘चौका दाउ’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा वर्षा राउतको पछि विल्सन विक्रम राई, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा लागेका छन् । सरसर्ती हेर्दा वर्षाले चौका दाउ मारेकी छिन् । ट्रेलर हेर्नुस् :

सामाजिक विकृतीलाई फिल्ममा प्रस्तुत गरिएको छ । युवतीको माया जालमा परेर फस्ने बुढाहरुको कथा फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, वर्षा राउत, सोनिका केसी, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चौका दाउ मा शम्भुजित बाँस्कोटा र मनोज राजभण्डारीको लगानी रहेको छ भने संगीत र पटक कथा बाँस्कोटाकै रहेको छ । फिल्मलाई दुर्गा गुरुङ्गको छायांकन गरेका छन् भने सम्पादन मित्र डि गुरुङ्गले गरेका छन् । कोरियोग्राफी बसन्त श्रेष्ठ र भिमफेदी गाइजको रहेको छ । फिल्म पौष २७ गते रिलिज हुदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha