‘जिरो’ को गीतमा कामुक कैटरिना

बलिउड फिल्म ‘जिरो’को ‘हुसनु पचाम’ बोलको आइटम गीत सार्वजनिक भएको छ । आइटम गीतमा कैटरिना ले डान्स गरेकी छिन् ।

फिल्ममा शाहरुख कैटरिनाको फ्यानको रुपमा देखिएका छन् । यो गीतमा पनि उनले आफ्नो विवाहलाई भन्दा कट्रिनाको गीत हेर्नलाई महत्व दिएका छन् । भुमी त्रिवेदी र राजा कुमारी स्वर रहेको गीतमा शब्द इशाद कमिलको रहेको छ । संगीत अजय अटुलको रहेको छ ।

आनन्द एल रायले निर्देशन गरेको फिल्ममा शाहरुख खान, अनुष्का शर्मा, कट्रिना कैफको मुख्य भुमिका रहेको छ । श्रीदेवी, आलिया भट्ट र करिश्मा कपूर, सलमान खान, काजोल, माधुरी दीक्षित अन्य कलाकारहरु कैमियो रोलमा देखिने छन् । फिल्म २१ डिसेम्बर रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha