‘दाल भात तरकारी’को सुटिङ सेटमा बर्षाको वर्थ डे

फिल्म ‘दाल भात तरकारी’को सुटिङ सेटमा नायिका बर्षा राउतको जन्मदिन मनाइएको छ । मंसिर २८ गते परेको बर्षाको जन्मदिन बुढानिलकण्डस्थित मह स्टुडियोमा मनाइएको हो ।

मह स्टुडियोमा यतिबेला ‘दाल भात तरकारी’को छायाँकन भैरहेको छ । बर्षा सोही सेटमा फिल्मको छायाँकन गर्दैछिन् । बर्षासँगै अभिनेत्री निरुता सिंह लगायत कलाकारले ‘दाल भात तरकारी’को छायाँकन गरिरहेका छन् । छायाँकनबाट केही बेर छुट्टी लिएर शुक्रबार बर्षाको जन्मदिनको केक काटिएको हो । केक काटिसकेपछि निरुताले बर्षालाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै केही तस्बिरहरु फेसबुकमा अपलोड गरेकी छन् ।

मह सञ्चार र किरण केसीको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ मा हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको छ । साथमा पुष्प खड्का, बर्षा राउत, आँचल शर्मा लगायत कलाकारले अभिनय गर्दैछन् । सुदन केसीले निर्देशन गरिरहेको फिल्म ‘दाल भात तरकारी’ बैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । तस्बिरहरु : निरुता सिंहको फेसबुकबाट 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha