बिपिनको दुर्घटनाले सर्यो ‘जात्रै जात्रा’

फिल्म ‘जात्रै जात्रा’ फागुन १७ गते प्रदर्शन नहुने भएको छ । अभिनेता बिपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि फिल्मको छायाँकन रोकिएको छ । निर्देशक प्रदीप भट्टराईले आइतबार फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘जात्रै जात्रा’को प्रदर्शन मिति स्थगन भएको उल्लेख गरेका हुन् ।

‘हाम्रा मुख्य अभिनेता बिपिन कार्कीको दुर्घटनामा परि खुट्टा भाचिएकोले र उहालाइ केही समय अझै आराम गर्नुपर्ने भएको हुँदा फिल्म छायांकन गर्न अझ कुर्नुपर्ने भएकोले फागुन १७ मा आउने भनिएको जात्रै जात्रा सो मितिमा आउन नसक्ने कुरा दर्शक मिडियाकर्मी तथा हाम्रा शुभचिन्तकहरुमा जानकारी गराउँदछौ । साथै छिट्टो भन्दा छिट्टो छायांकनमा जाने मिति र चलचित्रको नया रिलिज मिति पनि सार्बजनिक गराउँनेछौ’, निर्देशक भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् ।

‘जात्रै जात्रा’ सरेपछि फागुन १७ मा फिल्म ‘क्याप्टेन’ मात्रै प्रदर्शन हुने देखिएको छ । यसअघि बिपिन अभिनित फिल्म ‘गोपी’ माघ १८ मा प्रदर्शन हुँदैछ । ‘प्रसाद’ प्रदर्शनरत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha