फागुन १७ मै आशिरमान र शिल्पाको ‘ब्रेकअप’

पुस २७ लाई रिलिज मिति घोषणा गरेको फिल्म ‘द ब्रेकअप’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । निर्माता तथा निर्देशक हेमराज विसीले फागुन १७ गते ‘द ब्रेकअप’ आउने निश्चित भएको बताएका छन् ।

उसो त फागुन १७ गते अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ पनि लाग्दै छ । बिपिन कार्कीको दुर्घटनाका कारण फिल्म ‘जात्रै जात्रा’ भने फागुन १७ बाट पछि हटेको छ । ‘फिल्म राम्रो बनाउन मिहिनेतसँगै केही समय पनि लाग्ने देखियो । फिल्मको मुख्य पाटोको रूपमा २० प्रतिशत भीएफएक्सको काम छ । यसलाई सकाउन पनि समय लाग्ने भयो,’ फिल्म ‘द ब्रेकअप’ का निर्देशक हेमराज बिसीले कान्तिपुरसँग भनेका छन्, ‘त्यसैले पनि यसअघि भनिएको पुस २७ मा फिल्म तयार पार्न नसकिने भयौं । अब फागुन १७ बाहेक रिलिज गर्ने उपयुक्त मिति देखेनौं ।’ आशिर र शिल्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

उक्त मितिमा पर्याप्त बिदा भएको र बजारले दुई नेपाली फिल्म धान्ने ठानेरै ‘क्याप्टेन’ सँगै आउँदा समस्या नपर्ने उनको बुझाइ छ । भने, ‘हामीले ‘क्याप्टेन’ सँग जुधाउन खोजेको हैनौं । बरु सँगसँगैआउँदा दुइटै फिल्मलाई राम्रो हुन सक्छ । एउटा फिल्म हेर्ने दर्शकले अर्को पनि हेर्न सक्छन् ।

रूपक थापा, रेणु राणा, दीपक खतिवडा र निर्देशक बिसीकै लगानी रहेको ‘द ब्रेकअप’ मा आशिरमान र शिल्पा सहित रेमनदास श्रेष्ठ, सरोज खनाल, ईच्छा कार्कीको अभिनय छ । फिल्मको यसअघि नै ‘आज हाम्रो भेट भाको दिन…’ र लभ संग रिलिज भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha