‘मैंले बनाएको फिल्ममा किस सिन हुँदैन’: इमरान हाश्मी

बलिउड अभिनेता इमरान हाश्मीले बलिउडमा सीरियल किसरको इमेज बनाइ सकेका छन् । इमरान पछिल्लो समयमा फिल्म निर्माण गर्न तिर आकर्षित भएका छन् ।

इमरान आफ्नो होम प्रोडक्सनबाट निर्माण गरेको फिल्म ‘चीट इन्डिया’को प्रमोशनमा जुटेका छन् । इमरान हाश्मीको फिल्ममा किस सिन होला भन्ने धेरैको अनुमान रहन्छ । तर उनले यो फिल्ममा किस सिन नभएको बताएका छन् । उनले भने, ‘मैंले मेरो फिल्ममा किस सिन नराख्ने घोषणा गरेको छु । मेरो फिल्म किस सिनले भन्दा पनि मेरो नामले चिनियोस् भन्ने चाहन्छु । त्यसैले यो फिल्म मात्र नभई मेरो होम प्रोडक्सनबाट बन्ने कुनै पनि फिल्ममा किस सिन हुदैन ।’

फिल्ममा मुख्य भुमिका इमरानकै रहेको छ । यो फिल्ममा उनी शिक्षकको रुपमा देखिएका छन् । माघ ११ गते रिलिज हुने फिल्ममा सौमिक सेनको लेखन निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha