देवेन्द्र क्षेत्रीको ‘के भयो र तिमीलाई’ (भिडियो)

कुनै कारण बिना नै तपाइँकी प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदा कस्तो होला भन्ने भावको नयाँ गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन् । गीतमा स्वर राज सिग्देलले भरेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ । भिडियो हेर्नुस् :

क्षेत्रीकै शब्द रचना रहेको गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् । क्षेत्रीको यो दोश्रो गीत हो । यसभन्दा अगाडि उनले प्रमोद खरेलको आवाजमा गल्ती भो नामक गीत बजारमा ल्याएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha