दया र दियाको ‘दयारानी’ पोस्टर, जेठ १० मा प्रदर्शन

दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को पोस्टर सार्वजनिक गरिएको छ । २०७६ साल जेठ १० गते मिति तय गर्दै फस्टलुक सार्वजनिक गरिएको हो ।

दया र दीया प्रस्तुत दुई पोस्टर सोमबार प्रेसमिट गर्दै सार्वजनिक गरिएको हो । गुरुङ समुदायको परिवेशमा तयार भएको फिल्मको पोस्टरमा गुरुङ पहिरनमा दया देखिएका छन् । फिल्ममा दयाहाङ र दीयासँगै विजय बरालको पनि मुख्य भूमिका रहेको छ । खराब श्रीमान र उसकी श्रीमतीको कथालाई फिल्ममा समेटिएको छ ।

माओत्से गुरुङले निर्देशन गरेको फिल्म आर्टस् र माओत्से फिल्मस् ब्यानरमा निर्माण भएको हो । शैलेन्द्रध्वज कार्कीले फिल्मको छायांकन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha