साराले ‘सिम्बा’ निकै सकसले पाइन्, शिर्ष गीत रिलिज

‘केदनरनाथ’ फिल्मबाट डेब्यु गरेकी सैफअली खानकी छोरी सारा अली खानको चर्चा निकै चलिरहेको छ । अब साराका फ्यान उनको दोस्रो फिल्म ‘सिम्बा’ को प्रतिक्षामा छन् ।

भारतीय मिडिया अनुसार सिम्बाको लागि केदारनाथका निर्देशक अभिषेक कपूरले रोहित शेट्ठीलाई सारालाई लिन अनुरोध गरेका थिए । रोहित शेट्ठी सिम्बाका निर्देशक हुन् । अभिषेकले रोहितलाई फोन गरेर सारालाई उनको आगामी फिल्म सिम्बामा लिन आग्रह गरेको बताइएको छ । सारा रोहितलाई आफनो आइडल मान्छिन् । यो फिल्म पाउनको लागि उनलाई निकै संर्घष गर्नु परेको थियो । जब अभिषेक कपूरले रोहितलाई फोन गरेर सारालाई लिनु भनेका थिए । रोहितले चासो देखाएका थिएनन् । चासो नदेखाए पनि केदारनाथको फुटेज मागेका थिए । फुटेज हेरेपछि मात्र रोहिलले सारालाई फिल्ममा लिने निर्णय गरेका हुन् ।

साराले आफ्नो पहिलो फिल्म ‘केदारनाथ’ मा सुशान्त सिंह राजपुतसँग स्क्रिन सेयर गरेकी थिइन् भने सिम्बामा उनी रणवीर सिंहसँग रोमान्स गर्दैछिन् । सिम्बाको ‘आख मारे’ बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । फिल्मको शिर्ष गीत ‘आया रे आया सिम्बा’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म यहि डिसेम्बर २८ बाट रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha