स्याड भर्सन गीत रिलिज गर्दै ‘ग्याङस्टर ब्लुज’ टिम देश दौडाहमा

भदौ २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ग्याङस्टर ब्लुज’ को तेस्रो गीति भिडियो सार्वजनिक भएको छ । स्याड भर्सनको ‘आधा कुरा’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत र सनुप पौडेलको स्वर छ । शब्द कालिप्रसाद र एकतारेको छ । आशिरमान देशराज, आना शर्मा र संयम पुरी फिचरिङ गीतको भिडियो यस्तो छ :

यस्तै ‘ग्याङस्टर ब्लुज’ टिम यही शनिबारदेखि साँगीतिक यात्रामा निस्किएको छ । संगीतकार बाँस्कोटा, आशिरमान, आना, संयम र रोजिशा ठकुरी सहितको टिम मोफसलका पोखरा, चितवन, हेटौंडा, बुटवल लगायतका शहरमा पुग्नेछन् । हेमराज विसीको निर्देशन रहेको फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha