दुई सातामा ‘प्रसाद’को कलेक्सन तीन करोड !

दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’ तेस्रो सातामा प्रर्दशन भइरहेको छ । तेस्रो सातामा फिल्मले क्युजमा तीन शो पाएको छ । यो भिडियो हेर्नुस् :

तेस्रो सातामा आउँदा पनि हलमा चाप रहेको निर्माता सुभाष थापाले बताए । ‘प्रसादले अहिले सम्म लगभग तीन करोड ग्रस कलेक्सन गरिसकेको छ । शाहरुख खानको जिरो फिल्म लागेर थोरै असर देखिएको छ’, थापाले भने ।
‘१ करोड ८५ लाखमा बनेको फिल्मले आफ्नो लगानी उठाइसकेको छ । फिल्म ओभरसिजमा राम्रो भइरहेको कारणले लगानी चै सुरक्षित छ । नेपालबाटै लगानी उठान अझै बाँकी छ । हलमा फिल्म लागिरहेको छ’, नेपालबाटै लगानी सुरक्षित गर्ने निर्माता थापाको भनाई छ । प्रसाद विदेशमा पनि सफलताको साथ प्रर्दशन भइरहेको छ । अमेरिका, हङकङ, जापान, कोरिया, अष्ट्रेलिया लगायत देशहरुमा फिल्म प्रर्दशन भइरहेको छ । विदेशबाट फिल्मले ७० लाख नेट कलेक्सन गरेको छ ।  ‘प्रसाद’ टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्म ‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मुख्य भुमिका रहेको छ । सुभाष थापाले निर्माण गरेको फिल्ममा कथा लेखन सञ्चारकर्मी सुशिल पौडेलको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha