अनुभव र एञ्जिलाको ‘बाल्य प्रेम’ (भिडियो)

‘नाईं नभन्नू ल’ सिरिजका बाल कलाकार अनुभव रेग्मी हिजोआज म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । हालै उनी अभिनीत नयाँ म्यूजिक भिडियो युट्युब रिलिज भएको छ । भिडियो हेर्नुस् :

बाल्य प्रेम’ बोलको गीतको भिडियोमा अनुभव र एञ्जिला बानियाँ फिचर्ड छन् । गायक सुनिल छिदलको स्वर रहेको गीतमा उनकै शब्द तथा संगीत छ । गायनमा उनलाई लुरीले साथ दिएकी छन् ।
भिडियोमा गायक सुनिल पनि प्रस्तुत छन् । उनको बाल्यकालको भूमिका अनुभवले निर्वाह गरेका छन् । भिडियोलाई रोजल थापाले निर्देशक गरेका छन् ।

मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । अनिल रानाको सम्पादन रहेको भिडियोका छायाँकार विरेन्द्र भट्ट हुन् । गायक सुनिल सार्वजनिक गीतले जो कोहीलाई बाल्यकालको प्रेम जीवन सम्झना दिलाउने बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha