‘नयाँ फिल्म पछि मात्रै ‘ऐश्वर्य’को सिक्वेल’ : रमेश उप्रेती

अभिनेता रमेश उप्रेती नयाँ फिल्म बनाउने तयारीमा छन् । उनले फिल्मको नाम र कास्ट भने गोप्य नै राखे । यद्पी नयाँ फिल्म वैशाख देखि छायांकनमा जाने उप्रेतीले बताए ।

नयाँ फिल्मको सम्पूर्ण जानकारी औपचारिक कार्यक्रम गरेरै सार्वजनिक गर्ने रमेशको योजना छ । उनले भने ‘फिल्म म आफैंले निर्माण गर्न लागेको हो । फिल्ममा मेरो पनि अभिनय रहने छ ।’ साथै उनले ‘ऐश्वर्य’को सिक्वेल बन्ने पनि बताए ।
‘ऐश्वर्यको सिक्वेलको लागि फिल्मको स्क्रिप्टप राम्रो भेटेको छैन । ऐश्वर्यको सिक्वेल भन्दा पहिला म अर्को फिल्म बनाउँछु । ऐश्वर्यको सिक्वेल निकै सोच विचार गरेर बनाउँछु’, उनले भने ।

लामो समय अमेरिकामा बसेर आएका रमेश उप्रेतीले ‘ब्रासलेट’ फिल्मबाट कम ब्याक गरेका हुन् । उक्त फिल्म बक्स अफिसमा असफल भयो । उनले दोस्रो फिल्म ‘ऐश्वर्य’ निमार्ण गरे । यो फिल्मले भने उनको कम ब्याकलाई सफल बनायो । यो फिल्मको ‘तिमि रोएको पल’ बोलको गीत सुपरहिट भयो । रमेश र दीपिकासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दिवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा नायक उप्रेती, प्रसान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी रहेका थिए । के नयाँ फिल्मको ‘ऐश्वर्य’को यो हिट समुह दोहोरिएला ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha