सम्भावना भएकी सारालाई हिट ब्यानरको खाँचो

नायिका सारा सिर्पाइलीको फिल्म क्षेत्रमा अभिनय र सौन्दर्यको चर्चा हुने गर्दछ । ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’ र ‘सुश्री सम्पत्ती’ गरी तीन फिल्ममा अभिनय गरिसकेकी साराले सफलताको स्वाद भने चाख्न पाएकी छैनन् ।

राम्रो लुक्स भएकी सारालाई सम्भावना भएकी नायिकाको रुपमा हेरिएको छ । तर विडम्वना साराले खेलेका सबै फिल्म फ्लप भए । बरु डब गरेको फिल्म ‘लिलिबिली’ हिट मानियो । सोही फिल्मबाट जसिता गुरुंगको फिल्ममा माग बढ्दो छ । सौन्दर्य र अभिनयको चर्चा हुँदा हुँदै पनि खेलेका फिल्म सफल नहुँदा सारालाई सकस भैरहेको छ । एउटा पनि फिल्म हिट नहुँदा साराको करियर अप्ठ्यारोमा परेको फिल्म नगरीमा विश्लेषण हुन थालेको छ ।

साराले राम्रो ब्यानरको फिल्म नपाएर हिट हुन नसकेको धेरैको भनाई छ । पछिल्लो समय नायक अनमोल केसी सँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी साराले खेलेको फिल्म कहिले हिट होला ? साराले हिट ब्यानरको फिल्म कहिले पाउने ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha