आफ्नै विवाहमा म्युजिक एल्बम लञ्च

गायिका जीनु जोशीले आफ्नै विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको हो ।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनु लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए । एल्बममा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हाँस्थे’ र ‘रमाउने छौ जीवनमा’ जस्ता आठ गीत समावेश गरिएको छ । जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ ।

विगत दश वर्षदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका जिनु जोशीले शब्द, सङ्गीत र गायन तीनै विधालाई सँगसँगै अघि बढाइरहेकी छन् । थुप्रै कलेक्सन एल्बमहरुमा पनि स्वर दिएकी उनले यस अघि आधुनिक गीति एल्बम ‘प्रारम्भ’ र भजनसङ्ग्रह ‘माधवनारायण’ स्रोता/दर्शकमाझ ल्याएकी थिइन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha