चलचित्र प्राविधिक संघको अध्यक्षमा पुनः पुष्कर लामा

नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः पुष्कर लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले लामालाई दोश्रो पटक अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको हो ।

प्राविधिक संघको कोषाध्यक्ष पदमा सुष्मा पौडेल निर्विरोध रुपमा चयन भएकी छिन् । उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । संघको महासचिव पदमा शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।

रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया सदस्य पदमा विजयी भएका छन् । बुधबार राती मात्रै प्राविधिक संघको निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha