अर्पण थापाको निर्देशनमा तर्साउने ‘घर’ बन्ने

अभिनेता अर्पण थापाले चौथो फिल्म निर्देशन गर्ने भएका छन् । बिहिबार राजधानीमा प्रेसमिट गर्दै अर्पणले निर्देशन गर्ने पिल्म ‘घर’ निर्माणको औपचारिक घोषणा गरिएको हो । लेखक सेमत रहेका निर्देशक थापाले फिल्म हरर जनराको हुने खुलाए ।

डिएस डिजिटलले निर्माण गर्ने फिल्म ‘घर’ मा अर्पण थापा आफैं पनि खेल्दैछन् । ‘फिल्ममा दुई नायिका भने फाइनले हुंन बाँकी छन्’, प्रेसमिटमा अर्पणले भने, ‘मौलिकता कायम राख्दै स्वदेशी भुत राखेर फिल्म बनाउँछु । आउँदो सालको सबै भन्दा तर्साउने फिल्म बनाउने कोशिस रहनेछ ।’ अर्पणले यसअघि ‘मुखौटा’, ‘आधा लभ’ र ‘सुनकेशरी’ निर्देशन गरेका छन् । जसमा ‘सुनकेशरी’ र ‘घर’ हरर जनरामा पर्न आउँछन् ।

निर्देशक दिपेन्द्र के.खनालसँगको सहकार्यमा निर्माता सर्मिला पाण्डेले घर बनाउन लागेकी हुन् । यसअघि खनालको निर्देशन रहेको लभ लभ लभ र चंगा चेट फिल्ममा लगानी गरेकी निर्माता पाण्डेले घर बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । फिल्ममा सन्तोष अधिकारी सह निर्माताको रुपमा रहेका छन् । निरज कंडेल छायाँकार हुन् ।

कार्यक्रममा निर्माता माधव वाग्ले र चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष विदु गिरीले फिल्मलाई सफलताको शुभकामना दिए । माधव र सर्मिलाले फिल्म चंगा चेट बनाउन सहकार्य गरेका थिए । घरको छायाँकन माघको पहिलो सातादेखि सुरु हुनेछ । सम्पूर्ण छायाँकन राजधानीमै हुने निर्माण पक्षको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha